हिजोआज शेयर बजार भन्ने शब्द प्राय नेपालीको मुखमा झुन्डिरहने शब्द बनेको छ। हुन पनि किन नहोस थोरै लगानीबाट लाखौं कमाउने लगानिकर्ताहरु हाम्रो गाउँघरमा छन्। केही बर्ष अघिसम्म पनि शेयर को बारेमा ज्ञान भएका मानिस थोरै भएको हाम्रो नेपालमा अहिले CDS and Clearing Limited को अनुसार ४५ लाख भन्दा बढि मानिसले शेयरको कारोबार गर्ने गरेको विवरण सार्बजनिक भएको छ। यो कुल जनसंख्याको १५% मात्र हिस्सा हो। अहिले गाउँघर देखि सहरसम्म शेयर भर्नका लागि Demat Account खोल्ने होडबाजी चलेको छ। कुनैसमयमा IPO भरेको जति सबैलाई शेयर पर्ने नेपालमा आजभोली माग गरिएको शेयर संख्या भन्दा धेरै गुणा बडी भरिने गरेको छ। भर्खरै बुद्धभुमी हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको ८ करोड बराबरको ८ लाख कित्ता IPO मा २,६९,२०,१२० कित्ता आवेदन परेको छ। यो भनेको माग गरियेको आवेदनको करिब ३४ गुणा बढी आवेदन हो। यसले नेपालमा शेयरप्रतिको बढदो चासो लाई दर्साउछ। नेपालमा २ बर्ष अगाडिसम्म १५ लाख Demat Account रहेकोमा अहिले ४५ लाख भन्दा बडि Demat Account खुलेको छ। २ बर्ष मा ३० लाख भन्दा बडि Demat Account खोलेर ३० लाख बढी मानिस शेयर बजारमा प्रवेश भएका छन्। अहिले प्रति दिन १० हजारको हाराहारीमा नयाँ Demat Account खोलिने गरेको पाइएको छ। नेपालमा शेयर बजारमा मानिसहरुको आकर्षणको कारणहरु:
थोरै लगानी बाटधेरै आम्दानी गर्न सकिने,
घर बाटै शेयर कारोबार गर्न सकिने,
अत्याधिक बेरोजगारी,
मानिसहरुको आर्थिक जनचेतनामा वृद्धि,
दुर्गम ठाँउ मा पनि बैन्किङ सेवा को पहुँच आदि हुन।
त्यसै गरि Covid महामारीको समयमा धेरै मानिस घरमै बसेको हुनाले पनि त्यस तर्फ मानिसहरु आकर्षित भएको पाइन्छ । शेयरलाई आम्दानीको Passive स्रोतको रूपमा लिएर पनि धेरै युवाहरु यस तर्फ आकर्षित भएका छन्। अहिलेका युवाहरुले आफ्नो Pocket Money लाई बचाएर पनि शेयरमा लगानी गर्ने गरेका छन्। अहिले नेपालीहरु शेयर बजार तर्फ यति आकर्षित छन् कि १/२ महिना का बालबालिकाको पनि Bank Account, Demat Account र शेयर कारोबारहरु उनीहरुको बुबाआमाले गर्न थालेका छन्। नेपालमा अहिले ३६ लाख Mero Share Users रहेका छन्। Mero Share घरबाट नै शेयर भर्न सकिने एक उपयोगी Applications हो।
Great post
ردحذفThank you do follow for more updates.
حذف