जिन्दगी

         जिन्दगी

      - Prasamsha Rijal       


हिड्दा हिड्दै म आज फर्किएर एकचोटी पछाडि हेर्छु
फर्कन्छु अनि देख्छु त्यो बितेको हिजोलाई
तारा बाजे देखि तेरा बाजे सम्मको यो रमाइलो यात्रा
रुदै रुदै स्कुल पहिलो पटक गएको त्यो दिन र
आज त्यो स्कुलका साथीहरूको यादमा बित्ने रात
कति....... रमाइलो छ जिन्दगी

हजारौं पटक लडदा पनि फेरि उठ्न सहास दिने यो जिन्दगी
थोरै अप्ठ्यारो, थोरै गारो अनि सानो यो सफरमा ठूलो आनन्द दिने यो जिन्दगी
आज......... काधमा छ ठूलो जिम्मेवारी अनि मनमा कतै लुकेको डर
भोलि के होला भन्ने?
तर पनि.........
तर पनि हार खान नदिने यो जिन्दगी
के थाहा........भोलि कस्तो हुन्छ भनेर अड्कै राख्ने जिन्दगी
ए जिन्दगी........ मरेर के लान्छस किन सोध्छस मलाई?
ए जिन्दगी........ मरेर के लान्छस किन सोध्छस मलाई? सोध्छस भने सोध ए कसरी पो जिउछस
सोध्छस भने सोध ए कसरी पो जिउछस
लड्छु म....
लड्छु म, हार्छु म,तर एकदिन तिमीलाइ जित्छु म
ए जिन्दगी तिमी गज्जबको छौ तर म अजम्बरी छु
ए जिन्दगी..... एकदिन तिमीलाई.....  एकदिन तिमीलाई जित्छु म ।


2 Comments

Post a Comment
Previous Post Next Post